Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आईजीपी नियुक्तिविरुद्ध रिट आज पनि हेर्दाहेर्दैमा

आईजीपी नियुक्तिविरुद्ध रिट आज पनि हेर्दाहेर्दैमा


मध्यान्तर
  • आइतबार, असार ५ २०७९

  • काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध  दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    यसअघि गत जेठ ३० गते पनि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।

    रिटकर्ता एआईजी विश्वराज पोखरेलका तर्फबाट दुई दर्जन कानुन व्यवसायीले बहस गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार