Online Nepal शनिबार, बैशाख ८ २०८१

नागरिकता विधेयक फिर्ता लिने मन्त्रीपरिषदको निर्णय

नागरिकता विधेयक फिर्ता लिने मन्त्रीपरिषदको निर्णय


मध्यान्तर
  • मंगलबार, असार २१ २०७९

  • काठमाडौं । सरकारले संसदमा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार