Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एमालेले अर्थमन्त्री शर्मालाई आज संसदमा बोल्न नदिने

एमालेले अर्थमन्त्री शर्मालाई आज संसदमा बोल्न नदिने


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अर्थमन्त्री जर्नादन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ । अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने एमालेले निर्णय गरेको हो ।

    अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले संसदमा आफ्ना कुरा राख्ने बताएका थिए ।

    यसैबीच, विवादमा परेका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ ।

    आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ । ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार