Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एमालेलाई अर्थमन्त्रीको राजिनामा नै चाहिने

एमालेलाई अर्थमन्त्रीको राजिनामा नै चाहिने


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • काठमाडौं । नेकपा एमाले संसदीय विशेष छानबिन समिति बनेपछि पनि असन्तुष्ट बनेको छ । अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि एमालेले मन्त्री शर्माको राजीनामा नै आउनुपर्ने माग गर्दै असन्तुष्टि जनाएको हो ।

    सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारेका छन् ।

    भट्टराईले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपमा बोल्ने कुनै नैतिक आधार नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार