Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सभामुखले बोलाए विशेष छानविन समितिको बैठक

सभामुखले बोलाए विशेष छानविन समितिको बैठक


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिका समितिका सदस्यहरुलाई बैठकमा बोलाएका छन् । दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा बैठकका लागि बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले बताइन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

    २ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।

    छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार