Online Nepal बिहिबार, चैत्र १५ २०८०

राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले तयार पारेको हुँ : ओली

राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले तयार पारेको हुँ : ओली


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन् । छविलाल कार्कीको स्मृति कार्यक्रममा २०६३ सालमा आफूले नै तयार गरेको ड्राप्ट ज्ञानेन्द्रले पढेको बताएका हुन् ।

    “२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट हो । पार्टी कार्यालय बल्खुको अगाडि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले त्यो ड्राफ्ट गरेको थिएँ । त्यो ड्राफ्ट ज्ञानेन्द्रले पढेका थिए,” उनले भने ।

    उनले त्यहाँ एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको र अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको भनिएको बताए । उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको दाबी गरे ।

    छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्नु युद्धको उद्देश्य रहेको आरोप लगाए । उनले माओवादीको राजतन्त्रसँग कार्यगत एकता र कम्युनिस्ट र कांग्रेससँग शत्रुता रहेको पनि आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार