Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विष्ट बिरामी

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विष्ट बिरामी


मध्यान्तर
  • सोमबार, असार २७ २०७९

  • काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

    उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै उनि अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    तर, चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार