Online Nepal शनिबार, बैशाख ८ २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, साउन १३ २०७९

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

    नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

    बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार