Online Nepal शुक्रबार, चैत्र १६ २०८०

ताइवान विश्वकै स्वतन्त्र समाजमा पर्छ : न्यान्सी पेलोसी

ताइवान विश्वकै स्वतन्त्र समाजमा पर्छ : न्यान्सी पेलोसी


मध्यान्तर
  • बुधबार, साउन १८ २०७९

  • काठमाडौं । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको संसदलाई सम्बोधन गर्दै ताइवान विश्वकै स्वतन्त्र समाजमा पर्ने बताएकी छन्।

    बुधबार बिहान ताइवानको संसदलाई सम्बोधन गर्दै उनले अमेरिका र ताइवानबीचको संसदीय आदन प्रदान गर्न चाहेको बताइन्।

    पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन्।
    पेलोसीलाई उपराष्ट्रपति साई ची–चाङले स्वागत गरेका थिए।

    ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् मंगलबार राति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइवान पुगेकी थिइन्।

    चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार पछिल्लो अमेरिकी कदमलाई चीनले भत्सर्नायोग्य भनेको छ। यसबाट अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्ने चीनले चेतावनी दिएको छ।

    अमेरिकाले आफ्नो गल्तीको मूल्य आफैं तिर्ने र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न चीनले चेतावनी दिएको सिन्ह्वाले जनाएको छ। यसैबीच चीनले थप ताइवानी उत्पादनलाई प्रतिबन्ध लगाएको छ।

    पेलोसीको भ्रमण लगत्तै चीनले ताइवानी सामान र उत्पादनहरू प्रतिवन्ध लगाएको हो।

    बुधबार बिहान, चीनको वाणिज्य मन्त्रालयले ताइवानबाट सिट्रस फल, दुई प्रकारका माछा र बालुवा आयातमा तत्काल प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

    यसअघि मंगलबार बिस्कुट र कन्फेक्सनरी सहित अन्य सामान आयातमा प्रतिबन्ध लगाएको थियो। ताइवानको चीनसँग निर्यातको ३० प्रतिशत हिस्सा ओगट्छ।

     

    प्रतिक्रिया
    थप समाचार