Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत नियुक्त

नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत नियुक्त


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले दलको विधानअनुसार मिश्रलाई बिहीबार महिला संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को बैठकको निर्णयअनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० धारा ४२ ९१० (च) बमोजिम म्याद समाप्त भई स्वत विघटन भएको भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषाकुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नुभएको छ, विज्ञप्तिमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार