Online Nepal मंगलबार, बैशाख ११ २०८१

काठमाडौं गएर फोहोर सोहोरमात्रै के भनेको थिएँ : हर्क साम्पाङ

काठमाडौं गएर फोहोर सोहोरमात्रै के भनेको थिएँ : हर्क साम्पाङ


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर नउठेसम्म ठूला कुरा नगर्न आग्रह गरेका छन् ।

    उनले फेसबुक लाइभमा उपस्थित भएर काठमाडौं सफा नभएसम्म प्रहार जारी रहने बताएका छन् ।

    “जबसम्म काठमाडौंको फोहोर सफा हुँदैन, चारैतिरबाट प्रहार हुनेछ,” उनले भने, “काठमाडौं बिजोग भएको छ फोहोरले तर त्यहाँका मान्छे गीत गाउन छाड्दैनन् ।”

    उनले सत्यलाई स्वीकार्न नसकेको देख्दा अचम्म लाग्ने बताएका छन् ।

    “काठमाडौंमा गएर हामीले केही भनिसकेपछि र स्टाटस लेखिसकेपछि युवा संघले काम गरेको हो,” उनले भने, “त्यहाँका मान्छे गन्हाएर बसेका थिए, काम गर है भनेको इगो हट भएछ । काठमाडौंको फोहोर सोहोरिसकेपछिमात्रै बोल्नुहोला । नगरपालिकाको मात्रै दायित्व होइन । मन्त्रालयले पनि हेर्नुपर्छ । सबै मिलेर गर्नुपर्छ । त्यो गर है भनेको अर्कै कुरा बुझ्नुभएछ । धरानको फोहोर हामीले ५ मिनेटमा उठाउछौँ । काठमाडौंको फोहोर नउठेसम्म बोल्न छाडिन्न । प्रहार पनि जारी रहनेछ ।”

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार