Online Nepal बिहिबार, बैशाख १३ २०८१

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री


मध्यान्तर
  • सोमबार, भाद्र २० २०७९

  • काठमाडौं ।  बेलायतमा लिज ट्रस नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन् । । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।

    नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले दिउँसो १२ बजेर ४० मिनेट जाँदा उनी नेता चुनिएको घोषणा गरेका थिए । ट्रसले ८१ हजार ३ सय २६ मत ल्याएकी छन् भने ऋषि सुनाकले ६० हजार ३९९ मत पाएका थिए । ८२ दशमलव ६ प्रतिशत मत खसेको थियो ।

    विदेशमन्त्री ट्रसले पूर्वअर्थमन्त्री ऋषि सुनाकलाई पराजित गरेर पार्टी नेता चुनिएसँगै उनी प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्ने भएकी हुन् । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुने भएकी छन् ।

    बेलायती महारानीले मंगलबार औपचारिक रूपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम छ । महारानी एलिजाबेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्याण्डमा रहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको सट्टा त्यता गएर नियुक्ति लिने जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार