Online Nepal शनिबार, बैशाख ८ २०८१

१६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी सत्ता गठबन्धनको सहमति

१६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी सत्ता गठबन्धनको सहमति


मध्यान्तर
  • सोमबार, भाद्र २० २०७९

  • काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५  क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले पहिलो चरणको सीट संख्या टुंगो लगाएको एक नेताले बताए ।

    यस्तै  मंगलबार प्रदेश सभाको पनि सीट बाँडफाँट टुंगो लगाएर सार्वजनिक गरिने जनाएको छ  ।

    स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

    गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने पनि लगभग सहमति जुटेको छ । तर प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सार्वजनिक हुने बताइएको छ । गठबन्धन बैठक लगत्तै बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार