Online Nepal शुक्रबार, चैत्र १६ २०८०

‘मेरो फाइट बालेनजीसँग होइन, झोलेहरूसँग हो : हर्क साम्पाङ

‘मेरो फाइट बालेनजीसँग होइन, झोलेहरूसँग हो : हर्क साम्पाङ


मध्यान्तर
  • मंगलबार, भाद्र २१ २०७९

  • काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ‘फाइट’ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग नभएको बताएका छन् ।

    केही दिन यता साम्पाङले लगातार शाह लक्षित स्टाटस लेखेर अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ । यहिबीच साम्पाङले फेसबुकमा स्पष्टीकरण दिएका हुन् ।

    साम्पाङले खोल ओढेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ मेरो फाइट बालेन जी सँग होइन! झोलेहरूसँग हो खासमा, जो खोल ओढेर आइरहेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार