Online Nepal शनिबार, बैशाख ८ २०८१

खेलकुदमन्त्री बाँके–१ बाट सिफारिस

खेलकुदमन्त्री बाँके–१ बाट सिफारिस


मध्यान्तर
  • मंगलबार, भाद्र २८ २०७९

  • काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बाँके निर्वाचन क्षेत्र नं। १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिए । उहाँका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

    मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा ९एमाले० सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकाङ्क्षा देखाएका छन् । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकाङ्क्षी छन् ।

    प्रतिक्रिया
    थप समाचार