Online Nepal बुधबार, बैशाख १२ २०८१

सिट भाग लगाउन फेरि जुट्दै सत्ता गठबन्धन

सिट भाग लगाउन फेरि जुट्दै सत्ता गठबन्धन


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । यसअघि बुधबारका लागि बोलाइएको बैठकमा राष्ट्रपतिको कदमले सिट भागबण्डाको विषयले प्रवेश पाएको थिएन ।

    दिउँसो २ बजेपछि धानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुनेछ । सिट बाँडफाँडमा सहमति खोज्न गठित कार्यदलका सदस्यसचिव केशव जोशीकाअनुसार आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिनेछ ।

    नेताहरू समानुपातिक सूची तय गर्नका गठबन्धनको बैठक नै स्थगित गरेर व्यस्त बनेका थिए।समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरू फेरि छलफलमा जुट्न लागेका हुन् । पटकपटक बैठक बस्दा पनि प्रत्यक्षतर्फका उम्मेदवार चुन्न सकेको छैन । आजसम्ममा बाँडफाँट सकिने बताइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार