Online Nepal सोमबार, असोज १७ २०७९

माओवादी केन्द्र ‘फ्यामिली क्लब’ हो : ओली

माओवादी केन्द्र ‘फ्यामिली क्लब’ हो : ओली


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई ‘फ्यामिली क्लब’को संज्ञा दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मैले पहिले पनि भनेको थिएँ । माओवादी केन्द्र हो, पार्टी होइन नि । नाममै छ त सबै त्योचाहिँ केन्द्र हो पार्टी होइन । केन्द्र भनेको माथिमात्रै हुने भनेको, तलचाहिँ छैनन् भनेको हो नि त । केन्द्र त २र४जना मात्रै भएपनि बन्छ,’ उनले भनेका छन् ।

    त्यसअघि उनले भने, ‘माओवादी केन्द्र त फ्यामिली क्लब हो । यसो परिवार, आफन्तहरू बस्ने ठाउँ । उहाँहरूको सङ्गठन छाताजस्तो भएको छ । माथि हेर्‍यो ठूलो, तल हेर्‍यो डन्ठा मात्रै । त्यो पनि कुन दिन सकिन्छ ।’

     

    प्रतिक्रिया
    थप समाचार