Online Nepal सोमबार, असोज १७ २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट दर्ता

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट दर्ता


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो । अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
    उनीहरुले विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले रिटलाई अग्राधिकार दिन पनि माग गरेका छन् ।
    सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको पेसी शुक्रबारका लागि तोकिएको छ भने अन्य रिटको पेसी पनि एकैपटक सुनुवाइ हुने गरी शुक्रबारलाई तोक्न लागिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार