Online Nepal बिहिबार, बैशाख १३ २०८१

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै


मध्यान्तर
  • शनिबार, असोज १५ २०७९

  • काठमाडौं । नेकपा एमाले सुनसरीका पुर्व अध्यक्ष एवं इटहरी उपमहानगरका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । चौधरीलाई माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गर्न लागेका हुन्।

    उनलाई माओवादीले सुनसरी-२ को (क)बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराउन लागेको हो। चौधरीलाई प्रवेश गराउने भएपछि सुनसरी माओवादीमा असन्तोष बढेको छ।

    २०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पसिन एमालेमै थिए। तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गर्न लागेका हुन्। उनी शनिबार काठमाडौं गएर प्रचण्डलाई भेट्ने कार्यक्रम छ।

    माओवादीले थारु बहुल क्षेत्रको मत आकर्षित गर्न चौधरीलाई पार्टी प्रवेश गराउने तयारी गरेको माओवादी नेताहरू बताउँछन्।

     

    प्रतिक्रिया
    थप समाचार