Online Nepal बिहिबार, बैशाख १३ २०८१

समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन दिएको समायावधी आज सकिँदै

समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन दिएको समायावधी आज सकिँदै


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।

    आयोगले बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको समयावधि दिएको थियो

    समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

    निर्वाचन आयोगका अनुसार शनिबार नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए । आज बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आयोगमा बोलाइएको छ ।

    दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।

    बन्दसूचीको अन्तिम नामावली असोज २२ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार