Online Nepal मंगलबार, बैशाख ११ २०८१

पूर्व राजा शाहले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

पूर्व राजा शाहले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपालिको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका सचिव फणीन्द्र पाठकले जानकारी दिएका हुन् ।

    नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    थप समाचार