Online Nepal बिहिबार, बैशाख १३ २०८१

मलेसियाको संसद् विघटन

मलेसियाको संसद् विघटन


मध्यान्तर
  • मंगलबार, असोज २५ २०७९

  • काठमाडौं । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् ।

    उनले घोषणा गरेअनुसार आगामी २ महिना भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए ।

    सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ । सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।’

     

    प्रतिक्रिया
    थप समाचार