Online Nepal बुधबार, जेष्ठ २ २०८१

भारतीय कम्युनिष्ट पार्टीलाई झड्का, लोकसभा निर्वाचनले वामपन्थीहरूलाई बढार्‍यो

भारतीय कम्युनिष्ट पार्टीलाई झड्का, लोकसभा निर्वाचनले वामपन्थीहरूलाई बढार्‍यो


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १० २०७६

  • काठमाडौं । यसपटकको भारतीय लोकसभा निर्वाचनले कम्युनिष्ट पार्टीलाई नराम्ररी झड्का दिएको छ । यो निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छ्यो भन्दा पनि हुन्छ । निर्वाचन मार्फत बामपन्थीहरुकै गढ मानिएको क्षेत्रमा कम्युनिष्ट पार्टी पाखा लागेको छ भनौ भारतीय जनता पार्टी (भाजपा)ले सखापै पार्‍यो । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)को राजनीतिक बिजोग भएको छ ।

    माकपाले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो । २००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र सिमित हुन पुग्यो । तर, यसपालि उसले नौ सिट जोगाउनु त धेरै टाढाको कुरा आफ्नो पकड क्षेत्र बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ । बंगालमा त्रिणमुल कंग्रेसले ४३.९५ मतसहित २२ र भाजपाले ४०.२५ मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२५ मतसहित २ सिट जितेको छ । तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९५ मत पाएको छ । त्रिपुरामा १७.३३५ मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१५ छ ।

     

    यसबाट के अनुमान गर्न सकिन्छ भने भारतमा कम्युनिष्ट पार्टीको प्रभाव सुन्यको अवस्थामा पुगेको छ र जनतामा कम्युनिष्टप्रति कुनै भरोसा छैन ।

    प्रतिक्रिया
    थप समाचार