Online Nepal बिहिबार, बैशाख ६ २०८१

देउवाले चार दिन डडेल्धुराका चुनावीसभालाई सम्बोधन गर्ने

देउवाले चार दिन डडेल्धुराका चुनावीसभालाई सम्बोधन गर्ने


मध्यान्तर
  • मंगलबार, कार्तिक १५ २०७९

  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

    यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिकाको चुनावीसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कात्तिक २० गते देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। डडेल्धुरामा सत्ता गठबन्धनबाट संघमा देउवा र प्रदेश ९१० मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन् ।

    असोज २३ गते उम्मेदवारी दर्तासमेत वारेसनामामार्फत गरेका देउवा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पहिलो पटक डडेल्धुरा जान लागेका छन् । कांग्रेस जिल्ला सभापति साउदका अनुसार देउवा डडेल्धुरा विनानै सत्ता गठबन्धनले चुनावी अभियान अगाडि बढाइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार