Online Nepal बिहिबार, चैत्र १५ २०८०

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी


मध्यान्तर
  • बुधबार, मंसिर ७ २०७९

  • बुटवल । रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हासल गरेका छन् । गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन् ।

    गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । गुप्ता सथानीय चुनावअघि एमालेमा थिए ।

    एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भएर दोस्रो हुंदै पराजित भएका थिए ।

    गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार