Online Nepal शनिबार, बैशाख ८ २०८१

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित


मध्यान्तर
  • बिहिबार, मंसिर ८ २०७९

  • काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।

    मतगणनाको अन्तिम मत परिणाम अनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

    अघिल्लो निर्वाचनमा पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार