Online Nepal शनिबार, बैशाख ८ २०८१

पुष १५ गतेभित्र अन्तर्घातको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

पुष १५ गतेभित्र अन्तर्घातको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन


मध्यान्तर
  • सोमबार, मंसिर १९ २०७९

  • काठमाडौं ।  नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र केन्द्रमा आइपुग्ने गरी विवरण पठाउन निर्देशन दिएको हो ।

    कांग्रेसभित्र अन्तर्घात र असहयोग भएको भन्दै चुनाव हारेका नेताहरु सार्वजनिक रुपमा बोलिरहेका छन् । गठबन्धनका उमेदवारमात्र होइन, पार्टीका आधिकारिक उमेदवारलाई समेत हराउन आफ्नै दलभित्र लागि परेको गुनासो अहिले बढ्दो छ । पराजित उमेदवारहरुले पत्रकार सम्मेलन गरेर र सामाजिक सञ्जालबाट गुनासो गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार