Online Nepal शनिबार, बैशाख ८ २०८१

प्रत्यक्षतर्फ मतगणना सम्पन्न ,५७ सिट जित्दै कांग्रेस पहिलो पार्टी बन्न सफल

प्रत्यक्षतर्फ मतगणना सम्पन्न ,५७ सिट जित्दै कांग्रेस पहिलो पार्टी बन्न सफल


मध्यान्तर
  • सोमबार, मंसिर १९ २०७९

  • काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ भने दोस्रोमा नेकपा एमाले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ ।

    यस्तै नेकपा माओवादी केन्द्रले १८ क्षेत्रमा जित हासिल गरेर तेस्रो पार्टी बन्दा नेकपा एकीकृत समाजवादीले भने १० सिट जितेर चौथो दल बनेको छ ।

    यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा स्वतन्त्र ५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।

    ७ वटै प्रदेशका ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा एमालेले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार