Online Nepal मंगलबार, बैशाख ४ २०८१

समानुपातिकतर्फको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने

समानुपातिकतर्फको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने


मध्यान्तर
  • सोमबार, मंसिर २६ २०७९

  • काठमाडौं । शनिबार समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएका छन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा आयोगले उपलब्ध गराएको छ ।

    केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउन पत्राचार गरिएको छ । सच्याएको विवरण आएपछि आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र प्रदान गर्नेछ ।

    आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार