Online Nepal शुक्रबार, बैशाख ७ २०८१

राप्रपाका पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाउने

राप्रपाका पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाउने


मध्यान्तर
  • सोमबार, मंसिर २६ २०७९

  • काठमाडौं । संघिय संसद प्रनिधिसभामा राप्रपाका पशुपति शमशेर राणाले जेष्ठ सदस्यको हैसियतले सांसदहरुलाई शपथ खुवाउने भएका छन् ।

    राप्रपाकोे समानुपातिक तर्फको खस आर्य समूहबाट सांसद बन्न लागेका ८१ वर्षे राणाले जेष्ठ सदस्यका रुपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अरु सदस्यहरुलाई शपथ खुवाउने भएका हुन्। उनले उक्त जिम्मेवारी अस्वीकार गरेको अवस्थामा मात्रै अरुले अवसर पाउने छन्। राणाले राष्ट्रपतिबाट सांसदको शपथ लिएपछि पहिलो बैठकमा अरु सदस्यलाई शपथ खुवाउने छन्।

    निर्वाचन आयोगले चुनावी परिणामलाई अन्तिम रुप दिन तयारी गरिरहेको अवस्थामा आयोगकै विवरण अनुसार ८१ वर्ष पुगेका राणा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति हुन्। उनको जन्म विसं १९९८ वैशाख २५ गते काठमाडौँको महाराजगञ्ज भएको हो।

    संसदको दोस्रो जेष्ठ सदस्यका रुपमा बाग्लुङ २ बाट निर्वाचित जनमोर्चाका चित्रबहादुर केसी हुन्। आयोगको रेकर्डअनुसार उनी ८० वर्षका भए।

    त्यस्तै केसीभन्दा केही महिनाले मात्रै कान्छा महन्थ ठाकुर हुन्। उनी लोसपाबाट महोत्तरी ३ बाट निर्वाचित भएका छन्। उनको पनि उमेर ८० वर्ष रहेकोे आयोगको रेकर्डले देखाउँछ। ठाकुरले २०७४ सालमा जेष्ठ सदस्यका रुपमा सभामुख चयन नभइञ्जेल बैठक चलाएका थिए।

    नागरिकतामा त्रुटिवश ८५ वर्ष उमेर कायम भएका महिन्द्रराय यादव हुन्। सर्लाही २ बाट निर्वाचित यादवको औपचारिक उमेर ८५ वर्ष भए पनि उनी त्यो वास्तविक नभएको बताउँछन्।

     

    प्रतिक्रिया
    थप समाचार