काठमाडौं । आजबाट ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ’ अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका हुन् । यो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको शुरुआत गरेका छन् ।
सो अवसरमा ओलीले सूवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरे ।