Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एकीकृत समाजवादीले सभामुखमा कांग्रेसलाई भोट दिने

एकीकृत समाजवादीले सभामुखमा कांग्रेसलाई भोट दिने


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट दिने भएको छ ।

    भोलि बिहीबार हुने सभामुख निर्वाचनमा एसले कांग्रेसलाई भोट दिने भएको एक नेताले बताए ।ती नेताले भने, ‘हाम्रो छलफल चलिरहेको छ । हामीले एमालेलाई भोट नदिने भएका छौं । हाम्रो साथ र सहयोग नेपाली कांग्रेसलाई रहन्छ ।’

    उनले थपे, ‘आधिकारिक निर्णय आएको छैन । तर एमालेलाई हामी सहयोग गर्ने सक्दैनौ । हामी प्रतिपक्षमा बस्न चाहान्छौं ।’

    सभामुखमा नेकपा सत्ता गठबन्धनको तर्फबाट एमालेले झापाका देभराज घिमिरेलाई उठाउने निर्णय गरेको छ । तर कांग्रेसले आधिकारिक निर्णय गरेको छैन् । कांग्रेसबाट सभामुखको चर्चामा ईश्वरी न्यौपानेको नाम छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार