Online Nepal शुक्रबार, बैशाख ७ २०८१

राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको बताएका छन् ।

    बिहीबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

    राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो प्रयास जारी राख्छौँ, उनले भने ।

    उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने बताए ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपति पदमा एमालेले उमेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले राजनीतिक संयन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार