Online Nepal बुधबार, बैशाख १२ २०८१

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए।

    ‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘ यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ। ’

    बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको उनले बताए ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार