Online Nepal शनिबार, बैशाख ८ २०८१

बागमती प्रदेशमा आज  मन्त्रिपरिषद विस्तार हुँदै

बागमती प्रदेशमा आज  मन्त्रिपरिषद विस्तार हुँदै


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौं । बागमती प्रदेशमा आज  मन्त्रिपरिषद विस्तार हुँदैछ। मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज  मन्त्रालय संख्या घटाएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । अब ११ वटा मन्त्रालय रहने भएको छ । हाल १४ मन्त्रालय थिए।

    प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।

    सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।

    बागमतीमा गत पुस २६ मा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए। त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा मन्त्रालय सं‌ख्या घटाएर राज्यलाई भार कटौती गर्न लागेको बताएका थिए। गण्डकी, कर्णालीलगायत प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार