Online Nepal बुधबार, बैशाख १२ २०८१

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेश-मन्त्रीको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेश-मन्त्रीको भेटवार्ता


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।

    प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

    प्रधानमन्त्रीको ट्वीट ह्याण्डलबार साझा जानकारीअनुसार भेटमा द्विपक्षीय सहयोग र आपसी हितका अन्य विषयमा छलफल भएको हो।

    उपमन्त्री नुल्याण्ड २ दिने नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आइपुगेकी थिइन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी उप–विदेशमन्त्री नुल्यान्डको पहिलो ‘उच्चस्तरीय विदेशी नेताको भ्रमण’ हो।

    उपमन्त्री नुल्याण्डले परराष्ट्रमन्त्री बिमला राई पौड्याल, सत्तासाझेदार दलका प्रमुख नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। नुल्याण्डले पत्रकारहरुसँग छलफल गर्ने पनि कार्यतालिका रहेको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार