Online Nepal बुधबार, बैशाख १२ २०८१

स्वास्थ्य सेवा विभागको कामलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य सेवा विभागको कामलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड सङ्क्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाँडै गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

    मन्त्री गिरिले विभागका कर्मचारीहरूलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए । देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरू प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए ।

    प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार