Online Nepal बिहिबार, बैशाख ६ २०८१

रास्वपाले तत्काल सरकार नछाड्ने

रास्वपाले तत्काल सरकार नछाड्ने


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने भएको छ । पार्टीको हिजो बसेको बैठकले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ ।

    अहिलेको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भए । लगतै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका छन् ।

    त्यसका लागि प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो ।

    बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार