Online Nepal बिहिबार, बैशाख १३ २०८१

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण , भोलि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण , भोलि उम्मेदवारी दर्ता


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २६ २०७९

  • काठमाडौं । स्वतन्त्र विद्याथी युनियन(स्ववियु)को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण गरिने भएको छ।

    आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिले जनाएको छ।

    समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो।

    स्ववियुको कार्यतालिका अनुसार भोलि अर्थात् फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।

    यस्तै, फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।

    निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार(प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ। त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन्।

    निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

    स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ।

    निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। त्रिविमा स्ववियु निर्वाचन विसं २०१८र१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो। २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुँदै आएको थियो।

    त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो। विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार