Online Nepal शनिबार, बैशाख ८ २०८१

सिन्धुपाल्चोकको सिन्धुभ्याली क्याम्पसमा सर्बसम्मत रुपमा स्ववियु गठन

सिन्धुपाल्चोकको सिन्धुभ्याली क्याम्पसमा सर्बसम्मत रुपमा स्ववियु गठन


मध्यान्तर
  • सोमबार, फाल्गुन २९ २०७९

  • काठमाडौँ । सिन्धुपाल्चोकको सिन्धुभ्याली क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु)मा सर्बसम्मत रुपमा कार्यसमिति चयन भएको छ । नेविसंघका इकाई सभापति सुरज चौलागाईको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति गठन भएको छ । जसमा सभापति सुरज चौलगाई , उपसभापति राजकुमार रोक्का ,सचिव नबिन कार्की  , उपसचिव लिलानाथ चौंलागाई , कोषाध्यक्ष मिना चौलागाई , सदस्यहरुमा राजाराम चौलागाई , गंगा दुलाल, मनिसा गुरुङ, शिला न्यौपाने , रबिना परिवार र कल्पना तामाङ रहेका छन् ।

    आज बसेको निर्वाचन उपसमिति,समन्वय र सहजिकरण समिति ,विद्यार्थी  संघ सघठन समुहका उम्मेदवारहरुको सयुक्त बैठकले सिन्धुभ्याली क्याम्पसको स्ववियु कार्यसमिति चयन गरिएको कार्यदलका सदस्य देवीप्रसाद चौलागाईले बताए । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं. १,२,३,४,र ५ का बिद्यार्थीहरु उक्त क्यामसमा अध्ययन गर्दछन ।

    सिन्धुभ्याली क्याम्पस काठमाडौँबाट नजिकाको दुरीमा रहेको छ । यहाँ शिक्षाशास्त्र संकायको मात्र पठनपाठन हुने गर्दछ । यसै कारणले गर्दा विद्यार्थी संख्या कम रहेको क्यामस प्रमुख धनबहादुर कार्कीले बताए । उनले भने अन्य संकायको पनि पठन-पाठन भएमा बिद्यार्थीको संख्या बढ्ने र साथै बिद्यार्थी रुचि अनुसारको संकाय नभएको कारणले पनि बिद्यार्थी घटेको बताए । नयाँ स्ववियु कार्यसमितिले बिद्यार्थीको हकहितको लागि सधैं लागिपर्ने सभापति सुरज चौलागाईंले बताए ।

    प्रतिक्रिया
    थप समाचार