Online Nepal मंगलबार, बैशाख ११ २०८१

माओवादी छाडेर जनमत पार्टीमा गरे शिवचन्द्र कुसवाह

माओवादी छाडेर जनमत पार्टीमा गरे शिवचन्द्र कुसवाह


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

    पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले लगाए ।

    गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

    यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । कुसवाहले अब बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।

    कुशवाहाले २०६४ को संविधानसभा निर्वाचनमा जितेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार