Online Nepal बिहिबार, बैशाख १३ २०८१

गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र

गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।

    यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने उनको रणनीति छ।

    उनीसँग भिड्न नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर बुधबार उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो जित निश्चित रहेको बताए।

    गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

    यसपटक माओवादी केन्द्रले यादवलाई सघाउने भए पछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर चुनावमा होमिएका हुन्।

    आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    थप समाचार