Online Nepal बुधबार, बैशाख १२ २०८१

गृहमा नारायणकाजी ल्याएर भौतिकमा प्रकाशलाई पठाउने गठबन्धनको तयारी

गृहमा नारायणकाजी ल्याएर भौतिकमा प्रकाशलाई पठाउने गठबन्धनको तयारी


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौँ । सत्ता साझेदार दलको तर्फबाट सरकारमा सहभागी हुने दुई जना मन्त्रीको नाममा सहमति भएको छ ।

    यसअगाडि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्री बनाएर नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई भौतिक पूर्वधार मन्त्री बनाउने सहमित गठबन्धनमा जुटेको हो ।

    हाल १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । सो बैठकमा मन्त्रालय र मन्त्रीहरूको नाम टुंगो लगाएर मिलेसम्म आजै उनीहरूलाई मन्त्री बनाउने सहमति भएको छ ।

    प्रधानमन्त्री निकट स्रोतले भनेको छ– ‘प्रधानमन्त्री पनि ज्वालालाई भौतिक मन्त्री बनाएर गृहमा नारायणकाजीलाई नै पठाउन तयार हुनुभएको छ ।’

     

    प्रतिक्रिया
    थप समाचार