Online Nepal बिहिबार, बैशाख १३ २०८१

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं ।  नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ ।

    बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ । यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । मन्त्रालयको भागबण्डामा कांग्रेसको भागमा आठवटा मन्त्रालयल परेको छ ।कांग्रेसका एक पदाधिकारीका अनुसार आजको बैठकले उमेदवार टुंगो लगाउने दाबी गरे । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

    ती पदाधिकारीका अनुसार चितवन–२ मा पार्टीले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ मा भएको निर्वाचनमा त्यहाँबाट उमेश श्रेष्ठलाई उमेदवार बनाएको थियो । पार्टीले तनहुँ क्षेत्र १ मा गोविन्द भट्टराईलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ को निर्वाचनमा यहाँबाट रामचन्द्र पौडेलले चुनाव जितेका थिए । पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    पार्टीले बारा–२ मा भने उपनिर्वाचनमा उमेदवार नउठाउने भएको छ । यहाँ पार्टीले जसपाबाट उमेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने तयारी गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार