Online Nepal बिहिबार, बैशाख १३ २०८१

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
    प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्नेछन् ।

    त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार