Online Nepal बिहिबार, चैत्र १५ २०८०

सत्ता गठबन्धनको बैठक छोडेर प्रधानमन्त्री प्रचण्ड चितवनमा

सत्ता गठबन्धनको बैठक छोडेर प्रधानमन्त्री प्रचण्ड चितवनमा


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी सत्ता गठबन्धनको बैठक छोडेर चितवन पुगेका छन्।

    सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका लागि बालुवाटारमा भइरहेको बैठकबाट बिदा लिएर उनी चितवतर्फ लागेका हुन्।
    चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि बालुवाटारबाटै हेलिकप्टरमार्फत उनी चितवनतर्फ लागेका हुन्।

    कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू अहिलेपनि बालुवाटारमा नै छन्।

    आज मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री दाहाल चितवन लागेका हुन्। ‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो। दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भनेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार