Online Nepal शनिबार, बैशाख ८ २०८१

कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उठाउने, गठबन्धनको पनि साथ

कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उठाउने, गठबन्धनको पनि साथ


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • dav

    काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ को उम्मेदवार टुङ्गो लगाएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा हुने उपनिर्वाचनका लागि निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

    जसअनुसार पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवनमा जिल्ला सभापति राजेश्वर खनाल पनि आकांक्षी थिए । उनीसँग बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा तथा प्रवक्ता डा प्रकाश शरण महतले छलफल गरेका थिए ।

    छलफलमा खनालले नै श्रेष्ठलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् । सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने दाबी गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार