Online Nepal बिहिबार, बैशाख ६ २०८१

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ


मध्यान्तर
  • बुधबार, चैत्र २२ २०७९

  • काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ गरि अदालतमा पेश गरिएको छ । उनलाई औपचारिक रुपमा गिरफ्तार  गरि अहिले प्रहरी हिरासतमा राखिएको छ । म्यानहट अदालतमा बयान दिन न्युयोर्क गएका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

    गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि पोर्नस्टारसँग सम्बन्ध राखेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ ।

    उद्यपि, पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । अपराधिक आरोपमा सामना गर्ने ट्र्म्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार