Online Nepal बिहिबार, चैत्र १५ २०८०

पर्यटनमन्त्री सुदन किराँतीको टिप्पणी : घुस नखाँदा र नखुवाउँदा मेरा विरोधी बौलाए

पर्यटनमन्त्री सुदन किराँतीको टिप्पणी : घुस नखाँदा र नखुवाउँदा मेरा विरोधी बौलाए


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले घुस नखाँदा र नखुवाउँदा आफ्नो विरोधी बौलाएको टिप्पणी गरेका छन् ।

    पशुपति विकास कोषको जग्गा अपचलनमा उनको संलग्नताका विषयमा समाचार सार्वजनिक भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । किराँतीले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आलेले सदनमा पशुपतिको जग्गाबारे कुरा उठाएका थिए । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथिको जवाफ दिने क्रममा शनिबार साँझ सोबारे ध्यानाकर्षण भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा किराँतीले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला, प्रमाणित गर म एक मिनेट बस्दिन‘ ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार