Online Nepal बिहिबार, बैशाख १३ २०८१

रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्नत पार्टीका संयोजक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।

    आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘
    संविधानको धारा २७६, फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो

    प्रतिक्रिया
    थप समाचार